हिमाली पत्रिका
११ बैशाख, घोराही । घोराहीमा तीनदिने खोज पत्रकारिता तालिम सम्पन्न भएको छ। पत्रकार महिला मञ्च दाङको आयोजना र घोराही उपमहानगरपालिकाको सहयोगमा सुरु भएको तालिम शनिबार समापन भएको हो ।
महिला मञ्च दाङकी अध्यक्ष लक्ष्मी आचार्यको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता सिग्देल न्यौपानेको प्रमुख आथ्यिता एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको विशिष्ट आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा उपप्रमुख न्यौपानेले पत्रकार भित्र रहेको क्षमतालाई यस तालिमले थप निखार ल्याउन मद्दत पुग्ने विश्वर व्यक्त भयो। उहाँले पत्रकारिता निरन्तर सिकाइको पेशा रहेकाले पत्रकारहरु सधैं सिक्न तत्पर रहनुपर्ने बताउनुभयो।
समाजमा लुकेर रहेका विषयवस्तुलाई खोज पत्रकारीताको माध्यम मार्फत बाहिर ल्याउनका लागि यस्ता तालिमले प्रभावकारी भुमिका खेल्ने भन्दै सिकेका विषयलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।
यसैगरी पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले सिकाई प्रक्रिया निरन्तर रहेको हुँदा यस तालिमले थप क्षमता विकासमा टेवा पुग्ने बताउनुभयो । खोज पत्रकारीतामा अबसर र सम्भावना दुबै रहेको भन्दै अगाडि बढ्न प्ररेणा मिल्ने बताउनुभयो ।
तीन दिनसम्म सञ्चालन भएको तालिमको प्रशिक्षकमा दुर्गालाल केसी, लक्ष्मी आचार्य, नरेन्द्र केसी, शुसिल गौतम र जेएन सागर रहनुभएको थियो । तालिममा २० जना पत्रकारहरुको सहभागिता थियो । समापन कार्यक्रमको सहजिकरण पत्रकार महिला मञ्च दाङका उपाध्यक्ष सुशिला आचार्यले गर्नुभएको थियो ।

Comments
Post a Comment